सम्बन्धित कार्यालयको सूचना अधिकारीलाई
१५ दिन भित्र
सोही कार्यालयको कार्यालय प्रमुखलाई सात दिन भित्र निवेदन दिने
७ दिन भित्र
३५ दिन भित्र राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने
अनामनगर, काठमाडौँमा (https://nic.gov.np/) (+९७७-१-४४९६५४४ ; ४४६४४१२, +९७७-१-४४९६५४५)
सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार हरेक कार्यालयमा सूचना अधिकारी हुनैपर्छ। सूचना अधिकारी भए पनि नभए पनि हामीले सूचना अधिकारी वा कार्यालय प्रमुखलाई सम्बोधन गरेर सम्बन्धित कार्यालयबाट सूचना माग्न सकिन्छ।
वडा कार्यालयमा पनि पहिला सूचना अधिकारी लाई र त्यस पछि कार्यालय प्रमुख लाई सचिवलाई सम्बोधन गरी सूचना माग गर्न सकिन्छ। त्यहाँबाट सूचना नआए राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न सकिन्छ।
नितान्त व्यक्तिगत विवरण, साम्प्रदायिक दंगा फैलाउन सक्ने विषयहरु तथा सरकारले गोप्य भनी निर्णय गरेका विषयहरु सम्बन्धी सूचनाहरु माग्न पाइँदैन।
सूचनाको निवेदन सम्बन्धी निवेदन तयार पार्नको लागि rti.bibeksheel.org मा गई आफ्ना विवरणहरू उल्लेख गरी सूचनाको हक सम्बन्धी निवेदनहरू तयार गर्न सक्नुहुन्छ।
१) सूचनाको हक सम्बन्धी ऐन २०६४ डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नु होला। २) सूचनाको हक सम्बन्धी ऐन २०६४ को नियमावली डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नु होला। ३) सूचनाको हकको निवेदनको ढाँचाहरु डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नु होला।
देशमा भैरहको आफ्नो वा सार्वजनिक सरोकारको विषयमा नागरिकहरू सुसूचित हुन पाउने अधिकार “सूचनाको हक सम्बन्धी ऐन, २०६४” ले सुनिश्चित गरेको छ। ऐनको दफा २७ बमोजिम गठन भएको सूचना वर्गीकरण समितिले “गोप्य” भनेको सूचना बाहेक अन्य कुनै पनि सूचना प्राप्त गर्ने अधिकार यो ऐनले सुनिश्चित गरेको छ। सूचनाको हक (Right to information - RTI) को प्रयोगबाट नागरिकहरूलाई सुसूचित गरी जिम्मेवार बनाउन सकिन्छ, व्याप्त भ्रष्टाचारलाई रोक्न सकिन्छ । हामीले तयार गरेको यो दस्ताबेज जुनसुकै व्यक्ति, संस्था वा राजनीतिक दलहरूले प्रयोग गर्नका लागि खुल्ला छ । यो अभियानलाई अँगाल्न विवेकशील पार्टीको सदस्यता लिइरहनु जरुरी छैन । यो दस्ताबेजलाई प्रयोग गरेर देशैभर लुटतन्त्र विरुद्ध जुट्न हामी समस्त न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौं । ...पुरा पढ्नुहोस